+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ६ गते । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको २०७८ जेठ ५ गते बुधबार विहान निधन भएको छ। ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाण्डौमा निधन भएको हो ।
प्रदेश २ को हतिसर्वा महोत्तरिमा २०१४ जेठ १४ गते माता शोभा देवि र पिता छबिन्द्र घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिनुभएका घिमिरेले २०३२÷३३ सालबाट जनकपुरधामबाट पत्रकारिता आरम्भ गर्नुभयो। त्यो बेला उहांले जनकपुरबाट कुलदिपप्रसाद कुमुदको प्रकाशन÷ सम्पादन्को ज्योति साप्ताहिक र काठ्माण्डौबाट प्रकशित हुने मातृभि र समिक्षा साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नु भएको हो। पछि उहाँले २०३८ सालबाट आफ्नै प्रकाशन÷ सम्पादनमा “हिमज्योति साप्ताहिक“ प्रकाशनमा ल्याउनुभयो। जसको प्रकाशन अहिलेसम्म निरन्तर जारी छ ।
वरिष्ठ पत्रकार घिमिरे बाम विचारधाराको हुन्हुन्थ्यो भने पञ्चायति ब्यवस्थाको घोर बिरोधि पनि। पञ्चायत ब्यवस्थाको बिरोधमा उहांले लेखेको समाचार समिक्षा÷ मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा पञ्चे शाषकले पक्राउ गरेर राजकाज मुद्धा चलायो उहांलाई मार्नेसम्मको योजना बनायो तर, उहाँ धन्न मृत्युको मुखबाट बाँचेर आउनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वाहालिको लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादि नेता महेन्द्रनारायण निधि, काँग्रेसकि नेतृ लिला कोईरालासंगै थुनामा पर्नु भयो । प्रजातन्त्रका लागि उहाँको योगदानलाई सम्मान गर्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलेसमेत घिमिरेलाई सम्मानित गर्नुभएको थियो । ३० वर्षभन्दा बढि पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासंघ धनुषालेसमेत उहाँलाई सम्मान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले