धनुषामा सात दिन निषेधाज्ञा थपि जेठ १७ गतेसम्म पारियो
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ १० गते । धनुषा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभरी ७ दिन निषेधाज्ञाको थपेको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले सोमवार गरेको बैठक बाट जिल्लाभरी ७ दिन निषेधाज्ञाको थपेको छ ।
कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर यथावत् रहे पनि मृत्यु दर बढेकाले निषेधाज्ञा कडाइ गने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो।
उहांले तरकारी मन्डी र माछा मासु बजारमा भिडभाड हुन नदिन अनुगमन गरिने निर्णय भ एको बताउनु भयो।
तरकारी, फलफूल, दुधडेरी, ग्याँस, खाद्यान्न लगायतका अत्यावश्यक पसलहरू पनि बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ । अन्य पसलहरू खोलेमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् ।
तर यसअघि पनि यस्तो चेतावनी दिए पनि व्यवहारमा लागु भएको देखिएन ।
धनुषामा यो निषेधाज्ञा तेस्रो पटक थप गरिएको छ। अब जेठ १७ गतेसम्म निषेधाज्ञा रहनेछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले