+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

ढुंंगा–गिट्टी निकासी गर्ने निर्णय नसच्चिए प्रदेश२ को सरकारले आफैं निर्णय गर्छ ः मुख्यमन्त्री राउत

4 वर्ष पहिले प्रकाशित

कमल साह
जेठ २१ गते जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ढुंगा, गिट्टीलगायतका निकासी गर्ने निर्णय संघीय सरकारले नसच्याए प्रदेश सरकार आफैं आवश्यक निर्णय लिने चेतावनी दिएका छन् ।
अर्थ मंत्री द्वारा बजेट भाषण भएको ५ औं दिन मा प्रदेश २ का मुख्यमंत्री राउत ले विरोध जनाएको छ ।
मुख्यमंत्री राउत ले, नेपाल सरकारको यस्तो अदूरदर्शी निर्णयका कारण प्रदेश २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भइ शतप्रतिशत जनताको बिल्लीबाठ हुने वताएका हुन् ।
‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधिताको संरक्षण, पानी मुहान संरक्षणका साथै प्रदेशलाई मरुभूमिकरण हुनबाट जोगाउनप्रति प्रदेश सरकार सजग छ,’ मुख्यमन्त्री राउतले वक्तव्य जारी गरेर भनेका छन्,‘यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने छ । ’
कमजोर भू–वनौटका कारण ढुंगा, गिट्टी उत्खनन गरिए नदीको तीब्र बहावले बगाएर ल्याउने बालुवा थुप्रिएर प्रदेश मरुभूमि बन्ने निश्चित रहेको उनले बताएका छन् ।
साथै चुरे दोहनका कारण प्राकृतिक सम्पदा नष्ट हुने जोखिम रहेकोले राउतले तत्काल यो निर्णय सच्याउन संघीय सरकार लाई आग्रह गरेका छन् ।
सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेश २ को रक्षा कवच रहेको बताउँदै उनले व्यापार घाटा न्यूनीकरण गर्ने बहानामा चुरे दोहन कदापि स्वीकार्य नहुने जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले