+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

पत्रकारहरुको हकहितका लागि बजेट विनियोजन गर्न पत्रकार महासंघ प्रदेश समितिको माँग

4 वर्ष पहिले प्रकाशित

कैलास दास, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २७ गते । प्रदेश २ सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का पत्रकारहरुको हकहित तथा क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गर्न नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
महासंघका प्रदेश अध्यक्ष राजेश कर्णले यहाँका पत्रकारहरु मधेश आन्दोलन देखि लिएर प्रदेश र देशको न्यायिक पक्षमा सधैं कलम चलाउँदै आएकोले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि बजेटमा रकम विनियोजन गरी दिन आग्रह गरेका हुन ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई अध्यक्ष कर्णले १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समितिको कार्यालय संचालन र व्यवस्थापन एवं कार्यालय भवन निर्माणका लागि उचित बजेट विनियोन हुनुपर्ने, कोरोना संक्रमणका कारणले प्रदेशका मृतक पत्रकार र संचार उद्यमीका परिवारका लागि राहत बजेटको व्यवस्था हुनुपर्ने, यस प्रदेशका पत्रकारहरुका लागि निशुल्क लागि स्वास्थ्य उपचार र स्वास्थ्य विमा र दुर्घटना विमाका लागि बजेटको विनियोजन हुपर्ने रहेछ ।
त्यसैगरी तीस वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकारहरुका लागि मासिक वृतिको व्यवस्था हुपर्ने, क्रियाशिल सञ्चारकर्मीहरुको व्यवसायिक सुरक्षा र वृत्तिविकासका लागि आवश्यक बजेटको व्यवस्था हुनुपर्ने, स्वरोजगारमूलक संचार संस्था र पत्रकारहरुका लागि सञ्चार उपकरणमा खरीदमा ब्याज अनुदान व्यवस्थाका लागि बजेटको व्यवस्था हुनुपर्ने, कोरोना भाइरसको संक्रमणबाट पीडित सञ्चारकर्मी र सञ्चार गृहहरुलाई एकमुष्ट राहत प्याकेजको लागि बजेटको व्यवस्था हुनुपर्ने, लोककल्याणकारी विज्ञापनका लागि बजेटको व्यवस्था हुनुपर्ने, प्रदेश नम्बर २ मा उत्पादन हुने विज्ञापनहरु प्रदेश २ कै सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउनुपर्ने र.विभिन्न विधागत पुरस्कारहरुको व्यवस्था गर्नुपर्ने रहेको छ ।
यता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले ध्यानाकर्षण पत्र बुझदै पत्रकारहरुको यी माँग जायज रहेकोले यी माँगहरु प्ुरा हुने गरी बजेट विनियोजनमा राखेको बताएका छन् । उहाँले भन्नुभयो—‘ध्यानाकर्षण पत्रका अधिकांश माँगहरु बजेटमा राखिसकेका छौ. । केही माँग छुटेको हुनाले यसलाई पनि राख्नेछौं ।’ उनले प्रेस काउन्सिल र प्राधिकरण मार्फत प्रदेश सरकार अगाडि बढिरहेकोले सोही अनुसार बजेट पनि छट्याउन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले