+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

सर्लाहीमा असार ७ सम्म निषेधाज्ञा थप

4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ ३१ गते । सर्लाहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
यसअघि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्लाहीमा लगाइएको निषेधाज्ञा आज मध्यराति १२ बजे सकिंदैथियो । जिल्ला प्रशासन कार्यालयले यसपटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वित्तीय संस्थालाई नियमित सञ्चालनको अनुमति दिइएको छ ।
स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेटूोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।
विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार लगायतका कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले