भंगहा नगरपालिका मेयर साह ले कार्यालय संचालनका लागि दिए निःशुल्कमा आफ्नो घर
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण ११ गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले नगरपालिकाको कार्यालय सञ्चालनका लागि आफ्नो घर जग्गा निःशुल्क प्रदान गरेका छन् ।
मेयर साह ले नगरपालिकाको कार्यलय संचालनका लागि वडा नं. ५ स्थितको आफ्नो करिव चारकठ्ठा जग्गामा रहेको दुईवटा ठुलठुला घरहरु निःशुल्कमै दिनुभएको छ ।
यस अघि नगरपालिकाको कार्यसंचालन भाडाको घरबाट हुदै थियो । सो बापत प्रति महिना नगरपालिकालाई ५७ हजार रकम भाडा वापत बुझाउनु पर्दथ्यो । अचेल सो रकम बचत हुँदैछ ।
उहाँका अनुसार सो घर आफ्नो कार्यकाल अवधीका लागि मात्र नभई अगामी चुनावमा आफु जितेर आएपनि र नआएपनि नगरपालिकालाई कार्यालय संचालनको लागि दिएको हो । अर्थात भंगहा नगरपालिकाको आफ्नै भवन नबनुञ्जेलसम्म सो जग्गा र भवन नगरपालिकालाई प्रयोग गर्न दिइएको हो ।
मेयर साह ले प्रदान गर्नुभएको दुई तल्ले पक्की भवन संगै रहेको १० कोठाको लामो भुईतल्ले घरले नगरपालिकाको सवै शाखाको कार्यसम्पादन सहज तरिकाबाट भईरहेको छ ।
तत्कालिन राजपाबाट निवार्चित मेयर साह त्यस क्षेत्रका प्रखर युवा नेता हुन । विद्यार्थीकालदेखि नै मधेश र मधेश आन्दोलनमा सक्रिय उनी गत निर्वाचनमा टिकट पाएर मेयर जितेका हुन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले