+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

रोजगारीका लागि भारत जाने क्रम पुनः बढ्यो

4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, श्रावण १४ गते । भारतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि जीविकोपार्जनका लागि कोरोनाको त्रासलाई दबाएर १ महिनाभित्र ११ हजार भन्दा बढी नेपाली नागरिक कपिलवस्तुको कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले जानकारी दिनु भएको छ ।
लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ–आफ्नो घर फर्केका थिए , खाना लगाउन नपुगेपछि पुन काम गर्न भारत जानथालेको र कोरोनाको संक्रमण बढेपछि मरेपनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेको र नेपालमा काम नपाएर खान–लाउन नै समस्या भएपछि कोरोनाको त्रासले फर्किएका नेपाली पुनः भारत जान लागेको एक नागरीक भनाई छ ।
बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, विवाहमा १५ जनालाई आवतजावत गर्न दिएको र भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकारी दिनुभएको छ । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको निरिक्षक पौडेलले जानकारी दिनुभएको छ । कामका लागि भारत जाने नेपालीको लर्को लागेको तस्बिरमा प्रस्ट देखिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले