मिथिलांचलमा आज चौठीचाँद पर्व मनाउदै
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, भाद्र २५ गते । मिथिलांचलको घर घरमा आज चौठीचाँदको पूजाआर्चा गर्ने तयारी भईरहेको छ ।
चौठीचाँद पर्व मनाउनको लागि चिकनीको पात आवश्यक हुन्छ । जो प्रति पात दश रुपियाँसम्म विक्री भएको छ ।
चौठीचाँदको अवसर पारेर यसपाली केरा,नास्पाती,स्याउ,खिरा लगायतका फलफूल समेत अन्य दिनको अपेक्षा मंगो भएको हो ।
भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा शान्तिको प्रतिक चौठीचाँदको पूजा मिथिलांचलको घर घरमा आज मनाइने छन । चन्द्रमाको साक्षी राखेर घर मुलिले चिकनीको पातमा पुरी, खिर, केरा, नासपाति, स्याउ, खिरा, मकैको वाला लगायतका फल,दही र मिष्टान्न धुप दीपबाट पूजा गरिनेछ ।
चौठीचाँद मनाउनको लागि घरमुलिहरु विहिबार नहान खान गरेकी छन् भने शुक्रबार विहानदेखि निराहार रही साँझमा चन्द्रमा उदाए पछि प्रसादको लागि बनाएको परिकारको हात उठाउने छन् । चौठीचाँदको दिन फल हातमा लिएर चन्द्रमाको दर्शन गर्ने परम्परा रहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले