मिथिला नगरपालिकाले साढे चारहजार जेष्ठ नागरिकलाई सम्मान गर्दै
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन २ गते । मिथिला नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका करिब साढे चार हजार जेष्ठ नागरिकलाई असोज १५ गते सम्मान गर्नेछ ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मिथिला नगरपालिका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अगाडी बढाउँदै छ । मिथिला नपामा ४५ हजार १ सय ६४ कूल जनसंख्या रहेको मेयर हरिनारायण महतो ले जानकारी गराउँदै हाम्रो नगरपालिकामा ६० वर्ष भन्दा माथिका करिब साढे चार हजार नागरिक रहेको थप्नुहुन्छ ।
मिथिला नगरपालिकाको १० वटै वडामा रहेको जेष्ठ नागरिकलाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको दिन सम्मान गर्ने हाम्रो कर्याक्रम रहेको उहाँले बताउनु भयो ।
संयुक्त राष्ट्र संघले १ अक्टुवरलाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस घोषणा गरेको छ । सो दिन यस वर्ष असोज १५ गते रहेको हुनाले सोही दिन जेष्ठनागरिकलाई सम्मान गर्ने कार्यक्रम अगाडी बढाएको मिथिला नपा का कार्यकारी अधिकृत रचिन्द्र डंगोल ले बताउनु भयो ।
उहाँले जेष्ठ नागरिकलाई पर्ने आवश्यक साम्रगीहरुबाट हामी सम्मान गर्न लागेको थप्नुभयो । नगर क्षेत्र भित्रका प्रत्येक जेष्ठ नागरिकलाई टर्च लाईट, टुथपेष्ट, टुथ ब्रश,गम्छा लगायतका एक–एक थान सामग्री एउटा झोलामा हालेर दिने योजना रहेको उहाँले जानकारी गराउनु भयो ।
उहाँले एक जेष्ठ नागरिकलाई छ सय साढे छ सय बराबरको उक्त सामग्री हुने बताउनु भयो । जेष्ठ नागरिक सम्मान कार्यक्रम वृहत्तर रुपमा कार्यालयमै आयोजना हुने बताउँदै थप्नुभयो सो कार्यक्रममा सहभागि हुन नसक्ने जेष्ठ नागरिकलाई वडा स्तरमै गएर वितरण गरिनेछ ।
मिथिला नगरपालिका अन्तर्गत १० वटा वडा रहेको छ । सो वडाभरीका ग र घ वर्गका अपांगलाई मासिक ५ भत्ता वितरण गर्ने जिल्लाको पहिलो नगरपालिका रहेको छ । क र ख वर्गका अपांगलाई सरकारले अपांग भत्ता प्रदान गर्दैछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले