+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

विश्व मानसिक स्वास्थ्य दिवस मनाईयो

4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन २४ गते । सबैका लागि मानसिक स्वास्थ्य, यसलाई बास्तविक बनाऔ “ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोबरको सन्दर्भमा महिला स्वास्थ्य स्वयमंसेविका, तथा स्वास्थ्यकर्मीहरूका लागि नगराईन नगरपालिका, धनुषाको आयोजना र कोशिश(नेपालको सहयोग तथा सवन्वयमा मानसिक तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम ८ अक्टोवरमा सम्पन्न भएको हो ।
मनोसामाजिक समस्या के हो, यसका कस्ता(कस्ता लक्षणहरू हुन्छन्, के कारणले गर्दा यो समस्या हुने, यसका परिणामहरू के(के हुन सक्ने साथै यो समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण तथा अभ्यासद्वारा सहभागीहरूलाई अनुभूत गराईएको हो । “ आफूमा भएको डर, चिन्ता, पिर, तनाव, दुःख, निराश, निन्द्रा,तथा खानामा गडबढी, एक्लापनको महशुस पहिचान गर्दै त्यसलाई स्थानीयस्तरमा व्यवस्थान गर्नका साथ अरू समस्या परेका व्यक्तिहरूलाई पनि सहयोग गर्नु तथा आवश्यक पर्दा प्रेषण(रिफरल) सही सुचना प्रदान गरि मानसिक तथा मनोविमश सेवामा पहुँच पुर्याउनुका साथै व्यक्ति कसरी मानसिक तथा मनोसामाजिकरूपमा सुवास्थ्य रहन सकिन्छ भन्ने कार्यक्रमको उदेश्य रहेको कोशिश(नेपालका मनोविद् तथा कार्यक्रम का सहजकर्ता प्रमेश बादेले बताए दिए ।
यदि कुनै पनि व्यक्तिलाई लामो समयसम्म निन्द्रा, खानामा गडबडी, डर,चिन्ता, पिर, तनाव, दुःख, नैरास्यता, रिस उठिरहने, दोषी भावना, उदास भैराख्ने, एक्लोपन तथा असाह्यपनको महशुस, जीवन बोझ लाग्ने, आदि समस्या भएमा कोशिश(नेपालद्वारा सञ्चालित नेपाल टेलिकम (ल्त्ऋ) बाट फोन गर्दा पैसा नपर्ने टोल फ्रि नम्बर १६६०३३५२०११ मा सम्पर्क गरि मनोविमर्श सेवाबाट लाभ लिनका लागि आग्रह समेत गरेका छन् ।
मानसिक स्वास्थ पनि शारीरिक स्वास्थ जत्तिकै महत्वपूर्ण छ। त्यसले आ(आफ्नो मानिसक तथा मनोसामाजिक सुस्वाथ्यको हेरविचार गर्न नगराईन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामगुलाम कर्णले सहभागीहरूलाई आग्रह गरेका हुन । समुदायमा मनोसामाजिक समस्याबाट प्रभावित भएका व्यक्तिहरूका लागि समयमै सहयोग, मनोबिमर्श तथा मानसिक स्वास्थ्य सेवामा पहुँच पुर्याई सामाजिक पुर्नस्थापना पुर्याउन समेत स्वास्थ्य शाखा प्रमुख कर्णले जोड दिए ।
कार्यक्रममा बिजया दशमीको शुभकामना आदनप्रदान समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले