+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

उखुको मूल्य चाँडो भन्दा चाँडो कायम गर्न नेकपा (एकीकृत समाजवादी) को माग

4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २१ गते । उखुको मूल्य चाँडो भन्दा चाँडो कायम गर्न नेकपा (एकीकृत समाजवादी) सर्लाहीले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सर्लाही सहित देशका विभिन्न जिल्लाको प्रमुख नगदे वालिको रुपमा रहेको उखुको मुल्य कायम गर्न गरिएको वेवास्ता प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । वर्षको एक पटक विक्री गरेर वर्ष भरीको खर्च धान्नु पर्ने उखु किसानहरु अहिले समस्यामा छन । अझ साना किसानहरुलाई यसवाट ठुलो संकट परिरहेको छ ।
21---22

हरेक वर्ष झै यो वर्षमा पनि उखुको न्युनतम मूल्य समयमा नै तय गर्न सम्वन्धित पक्षहरु असफल भएका छन । नेपाल सरकार, चिनी उत्पादक उद्योग र उखु किसान नेताहरु यो विषयमा सम्वेदनशिल भएको पाईएको छैन । मुल्य तय गर्न राज्य गम्भिर नहुनु, सधै झै उद्योगीहरुले ढिलो उद्योग चलाउने स्वार्थ राख्नु र किसान नेताहरुले यस विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन नसक्नु अहिलेका कमजोरी हुन । राज्य र उद्योगीहरु संवेदनशिल नभए किसानहरुले दवावमुलक कार्यक्रम ल्याएर भए पनि छिटो भन्दा छिटो उखुको उचित मुल्य घोषणा गराउन पहल कदमी लिन ढिलो भईसकेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
हामी तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गर्दछौ । मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक काम हो । सर्लाहीको दक्षिणी क्षेत्र सहित कतिपय स्थानमा अझ पनि उखुको पुरानो भुक्तानी हुन नसक्नुले राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको छ । हामी किसानहरुको वाकी रकम तत्काल भुक्तानी गर्न पनि जोडदार माग गर्दछौ । साथै किसानको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको भने हामी स्वागत गर्दछौ नेकपा (एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा द्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले