समाजवादी प्रेस संगठनको सचिवालय विस्तार
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ ९ गते । प्रगतिशील पत्रकारहरूको साझा संस्था समाजवादी प्रेस संगठन नेपालको सचिवालय विस्तार गरिएको छ ।
विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भूपराज खड्का रहेका छन् ।
त्यसरी नै रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर, कृष्णराज गौतम, गोविन्दप्रसाद चौलागाईं र सुभाषप्रसाद साह गरी १५ जना सचिवालयमा रहेका छन् ।
सप्रेस नेपालले आगामी ७ फागुनमा हुने राष्ट्रिय भेलाका लागि विभिन्न समितिहरू पनि गठन गरेको छ ।
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला २०७८ फागुन ७ गते शनिबार काठमाडौँमा सम्पन्न गर्न तियारी समितिहरू गठन गरिएको छ ।
रामकुमार एलनको संयोजकत्वमा ध्रुव रायमाझी र सविन शर्मा सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ भने विश्वमणि सुवेदी संयोजक तथा मधुकर लुइँटेल र आशिष गुरागाईं सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, कृष्णराज गौतम संयोजक तथा नारायण पौडेल र उर्मिला कुँवर सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, बुद्धवीर वाहिङ राई संयोजक तथा उत्तर बिष्ट र पूर्ण कार्की सदस्य रहेको मञ्च तथा हल व्यवस्थापन समिति गठन गरिएको छ ।
यसरी नै भवानी कार्की संयोजक तथा प्रेम गौतम र रमा खड्का सदस्य रहेको अतिथि व्यवस्थापन समिति, प्रकाश खथिवडा संयोजक तथा दिनेश कार्की र सौगात मिश्र सदस्य रहेको स्वयंसेवक व्यवस्थापन समिति, शान्तराम बिडारी संयोजक तथा लेखनाथ सिकारु र माधव पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले