+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

माकुनेको गृह जिल्ला कमजोर बन्दै

3 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, चैत्र २३ गते । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपालको गृहनगरबाटै वडाका जिल्ला कमिटि सदस्य रामजी साहको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ताले समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालको वडा, गौर नगरपालिका वडा नम्बर १ जहाँ उनको पार्टीबाट गौर नगरपालिकाका मेयर उम्मेदवार शम्भु साहको समेत घर रहेको छ ।
गौरस्थित एमाले पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच रामजी साहसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोरप्रसाद यादवले टीका तथा माला लगाई पार्टीमा स्वागत गरेको थियो । यस्तै गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमालेमा प्रवेश गरेको हो ।
पार्टी प्रवेश गराउदै आयोगका सदस्य यादवले देशमा पाँच दलीय गठबन्धनले एमालेविरुद्ध जति जालझेल गरे पनि दिनानुदिन गठबन्धन त्यागेर एमाले प्रवेशको संख्या बढ्दै गएको बताए । उनले समृद्ध नेपाल निर्माणका लागि एमालेलाई अपार बहुमत दिन आह्वान गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्य अब्दुल कलाम आजाद, सच्चिदानन्द साह, रुपनारायण दास, जिल्ला उपाध्यक्ष दीपक यादव, जिल्ला सदस्य राजेश साह, निवेश यादव, उमाशंकर साह, प्रेमचन्द्र साह, मिथलेश यादव, श्यामकिशोर यादव लगायतको जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्मरण रहोस् २०७४ को स्थानीय निकायमा एउटा पनि नगर प्रमुख , बिधायक , सघिय सांसद निर्वाचित भएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले