श्रीराम कथा मुरारी बापुद्वारा वैशाखमा हुने
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र ३० गते । अगामी ७ मई (वैशाख २४ देखि ३१ गते सम्म ) देखि १४ मईसम्म प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा श्री राम कथा ले धमाल मचाउने छन ।
श्री राम कथाकार धुरन्धर विद्वान मुरारी बापु द्वारा नौ दिनसम्म यहा राम कथा प्रवच्चन हुने तिथि मिति निश्चित भएको छ ।
मुरारी बापु को श्रीमुखरविन्दबाट हुने रामकथाका लागि तीन स्थानको स्थलगत निरिक्षण भएको जानकारी जनकपुरधाम उद्योग बाणिज्य संघ का पूर्व अध्यक्ष निर्मल कुमार चौधरी ले जानकरी गराउनु भयो । उहाँले रामकथा स्थलको लागि जानकी मन्दिर प्रांगन,बारहविघा मैदान र तिरहुतिया गाछिलाई आयोजकहरुले निरिक्षण गरिसकेको जनाएका छन । ति तीन वटै ठाउँमा सबभन्दा बढी उपयुक्त तिरहुतिया गाछिलाई ठहराको जनकपुरधाम उद्योग बाणिज्य संघ का पूर्व अध्यक्ष एवं मारवाडी सेवा समितिका अध्यक्ष निर्मण कुमार चौधरी ले बताउनु भयो ।
यहाँ चारैतिरबाट घेरिएको ले त्यहाँशान्ति सुरक्षा समेत रहने भएको ले उपयुक्त मानिएको छ । जानकीमंदिरको ठाउँ सांघुरो रहेको ले अनुपयुक्त स्थान उनिहरुले ठानेका छन ।
श्री राम कथामा बाहिरबाट आउने शिष्य् तथा अजमानको लागि यहाँ होटलहरु बुकभई सकेको छ । यसपाली आयोजन हुनलागेको राम कथाका मुख्य अजमान भारत मुजफ्फरपुर निवासी रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले