+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

बेला गाउँका समाजसेवी भागवत साह अब रहनु भएन

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख २५ गते । समाजसेवी भावगत साह अब हाम्रो बीचमा रहनु भएन ।
जनकपुरधाम उपमहानगर पालिका वार्ड नं. २३ बेला गाउँमा जन्मु भएको समाजसेवी साहको निधन ८४ वर्षको आयुमा शनिवार विहान साढे ६ बजे भएको जनाएको छ । सोहि दिन उहाँको अन्तिम संस्कार गाउँमै सम्पन्न भएको छ ।
समाजसेवी साहलाई स्वाँस लिनमा कठिनाई हुँदा उनका छोरा डाक्टर शम्भु प्रसाद साह सघन उपचारको लागि यहाँका धनुषा अस्पतालमा भर्ना गराउनु भएको थियो । पाँचौंदिन पछि समाजसेवी साहको हालत खस्दै जाँदा उहाँका छोरा डा. शंभु साह ले आफ्ना निकट्म मित्र चाईल्ड विशेषज्ञ डा. विकास साहको सुझाब अनुसार स्तरीय सघन उपचारको लागि संघीय राजधानी काठमाण्डौको अस्पतालमा भर्ना गराउने योजना बनाउनु भयो । तर, त्यो योजना बीचमै टुट्न गएको छ ।
यो भन्दा अघि दुई पल्ट कोरोना भाईरस संक्रमित भईसकेका समाज सेवीलाई स्वास्थ्यकर्मीहरुले बचाउन सफल भएको थियो । तर, यसपालि कसैले बचाउन सकेनन् । किनकि पछि उहाँको मुटुमा समेत समस्या उत्पन्न भएको थियो ।
भनिन्छ, मृत्यु अगाडी कसैको केहि लाग्दैन, र त्यही भएको छ ।
समाजसेवी आफ्नो पछाडी एक छोरा,पाँच छोरी ज्वाई,नाती,नतनी लगायतलाई छोडेर जानु भएको छ ।
उनको संस्कार सनातन धर्म अनुसार बेला गाउँ स्थित आफ्नै पैतृक जमिनमा गरिएको छ ।
जनकपुरधाम २३ को बेला लादोमा कसैको अंश बण्डा हुँदा या जग्गा बेचबिखन गर्दा समाज सेवी भावत साह लाई नै सम्झनथ्यो । उनि निस्वार्थरुपमा जग्गालाई नापतौल गरिदिन्थ्यो । उनको अतुल्यि देनलाई आजका दिनमा बेला लादो गाउँवासी सम्झिरहेका छन ।
उनको निधन प्रति बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली दुःखका साथ श्रद्धासुमन व्यक्त गर्नुभएको छ । बरिष्ठ पत्रकार नेपाली ले संधै एकै ठाउँमा रहने ।तर, अन्तिम समयमा दाईको संस्कारमा उपस्थित हुन नसक्दा आफु मर्माहित भईको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

10 दिन पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

4 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

4 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

4 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

4 महीना पहिले