+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट पत्रकार साहको पाईनल विजय

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,जेष्ठ ८ गते । आसन्न स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिई पुरै पाईनल विजय भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.२३ का वार्ड अध्यक्ष पदमा दैनिक विश्व जागरण को सम्पादक प्रकाशक राघवेन्द्र्र साह स्वतन्त्रको पुरै पाईनल बिजयी भएको छ । यहाँका समाजिक संस्था गोविन्द सेवा समितिको अध्यक्ष समेत रहनु भएको स्वतन्त्र उम्मेदवार राघवेन्द्र साह ले ८४१ मत ल्याएर निर्वाचित भएको छ । उहाँका निकटत्म प्र्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी का रामनन्दन साह ले ७५१ मत ल्याएर पराजित भएको छ ।
नेपाली काँग्रेसको अधिकारिक उम्मेदवार रंजित चौधरीले स्वतन्त्र उम्मेदवार रावेन्द्र साह भन्दा १६९ मत कम ल्याउनु भएको छ ।
नेपाली काँग्रेस कार्यसमिति धनुषा बाट टिकट पाउनुभएको रंजित चौधरी ले ६७२ मतमा सिमित हुनुभयो । नेपाली कांग्रेस नगर कमिटि २३ का वाडा सभापति समेत रहनु भएको साह पार्टीको सदस्यता समेतबाट राजिनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी राघवेन्द्र साह दिनुु भएको थियो । बेला,लादो र बिन्धी गाउँ मिलेर बनेको वार्ड नं. २३ बाट ने.कां.वार्ड समितिले राघवेन्द्र साहको एकल नाम वार्ड सभापति पदको लागि सिफारिश गरेर पठाएको थियो ।
तर,ने.कां. क्षेत्रिय कमिटीको दबाबमा जिल्ला कार्यसमिति धनुषा ले रंजित चौधरीलाई वार्ड अध्यक्ष पदको टिकट भिडाएको थियो । ने.कां वार्ड कमिटीको सिफारिश विपरीत टिकट वितरण भएको विरुद्धमा सम्पूर्ण कार्यसमितिले नेपाली काँग्रेसबाट राजिनामा गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन ।
जनकपुरधाम– २३ का वार्ड अध्यक्ष पदमा स्वतन्त्रबाट राघवेन्द्र साह ले ८४१ मत ल्याएर निर्वाचित भएको छ । साथै सदस्य पदमा स्वतन्त्रबाट सदस्य पदमा निर्वाचित हुनेमा गंगाराम महतो ले ७३७ मत, मोहिनुदिन राईन ले ६८६ मत, महिला सदस्य विभा ठाकुर ले ८४१ मत र दलित महिला सदस्यमा सकुन्ति देवी ले ७९१ मत ल्याएर निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले