+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

तिलक युवा कमिटीद्वारा रक्तदान

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र १३ गते । जनकपुरधाम उपमहानगर पालिका ३ जानकीचौक सुरकिशोर मार्गमा भर्खरै स्थापित तिलक युवा कमिटी द्वारा आयोजित रक्तदान कार्यक्रम ४२ जना महिला र पुरुषले रक्तदान गरेका छन ।
सो रक्तदान कार्यक्रममा सोही ठाउँका सत्यनारायण साह ले १३२ औं पल्ट रक्तदान गरेका छन । उक्त रक्तदान कार्यक्रममा तिलक युवा कमिटीका अध्यक्ष कृष्णा साह, व्यावसायी शंकर बर्मा,बलराम गुप्ता, रेखादेवी बर्मा,अभिनाश साह लगायत ४२ जना ले कसैको जीवन दानका लागि रक्तदान गर्नुभयो ।
जनकपुरधाम वडा नं ३ को वडा कार्यालय नजिक चैत्र ११ गते मा सो रक्तदान कार्यक्रम आयोजन गरिएको तिलक युवा कमिटी अध्यक्ष कृष्णा साह ले जानकारी गराउनु भयो ।
उक्त रक्तदान कार्यक्रमा ४० जना पुरुष र २ जाना महिला गरी ४२ जनाले रक्तदान गरेका छन ।
‘रक्तदान जीवन दान’ नाराका साथ आयोजित रक्तदान कार्यक्रमको प्रमुख आतिथ्य जनकपुरधाम उपमहानगरपालिका ३ न.का वडा अध्यक्ष दिपेन्द्र साह र वडा नं ११ का वडा सदस्य बलराम गुप्ता ले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

7 दिन पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

4 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

4 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

4 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

4 महीना पहिले