श्रोत खुल्न नसकेको साढे २० लाख रूपैयाँ सहित एक जना पक्राउ
2 वर्ष पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, भदौ २२ गते शुक्रबार । जनकपुरधाम ( श्रोत खुल्न नसकेको साढे २० लाख नेपाली रूपैयाँ सहित एक जना मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पक्राउ परेको छ ।
आज ( शुक्रबार) साढे १ बजेको समयमा एक जना व्यक्ती भारतबाट नेपाली रुपैया पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको भनी विषेश सुराकीको आधारमा जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा न.–४ स्थित सडक खण्डबाट उनलाई पक्राउ गरिएको हो ।
जिप्रका धनुषा तथा मातहत प्रहरी चौकी जनकपुरधाम धनुषा समेतबाट चेकजाँचको लागि खटिएको संयुक्त प्रहरी टोलीले चेकप्वाईन्ट खडा गरी चेकजाच गरी रहेको अबस्थामा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने बर्ष २० को राजेश साह माथि शंका लागि कानूनी रितपुर्वक उनकोे शरिर तथा उसले बोकेको झोला समेतको खानतलासी गर्दा उसले लगाएको पाईन्टको अगाडीको दाहिने खल्ति भित्रबाट ९८०३४५२३५८ नम्बरको सिमकार्ड सहितको अपो लेखेको स्क्रिनटच मोबाईल थान–१ र उसले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम रू १ हजार दरको नोट १८५० थान र रू ५पाँच सय दरको नोट ४०० थान गरी जम्मा रू बीस लाख पच्चास हजार फेला परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका रकम र सामान सहित साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले