+९७७ ९८17822777 | sarlahionline17@gmail.com

महामाना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता कप कनकपट्टी टिमको हातमा

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, पुस ८ गते । नेपाली पत्रकारिता जगतका भीष्म पितामह , प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा आयोजित महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलको उपाधि धनुषाको कनकपट्टी क्रिकेट टिम विजयी भएको छ ।
धनुषाको कनकपट्टी र महोत्तरीको सहोरवा क्रिकेट टिमबीच भएको खेल कनकपट्टी क्रिकेट टिम ५१ रनले ट्रफी हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कनकपट्टी क्रिकेट टिमले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य पछयाउने क्रममा सहोरावा क्रिकेट टिम ६८ रनमै अल आउट भएपछि कनकपट्टी क्रिकेट टिमको जीत दर्ज भएको हो ।
उक्त खेलमा म्यान अफ दी म्याच कनकपट्टी क्रिकेट टिमका विपीन यादव , म्यान अफ दी सिरिज सहोरवा टिमका अमित यादव, वेस्ट बलर बेला क्रिकेट टिमका गोविन्द साह र वेस्ट फिल्डर खुर्सेद राइन्लाई घोषित गरिएको छ ।


दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा भएको १६ दिवसीय प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा विजय हासिल गरेको विजेता कनकपट्टी टिमलाई ५५ हजार ५ सय ५५ र उपविजेता साहोरवा टीमलाई २५ हजार ५ सय ५५ रुपैयाको नगद पुरस्कार , प्रमाण पत्र र कप मधेश प्रदेश सरकारका खेलकूद तथा समाजकल्याण मन्त्री सुरिता कुमारी साह र जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले प्रदान गर्नु भएको छ।
प्रमुख अतिथि मधेश प्रदेश सरकारका खेलकूद तथा समाजकल्याण मन्त्री सुरिता कुमारी साह ले खेलकुद विकासका लागि सहयोग गर्ने बताउनु भयो ।
युवालाई दुर्व्यसनबाट जोगाउन को युवा वडाध्यक्ष राघवेन्द्र साह ले खेलेको भुमिका सराहनीय रहेको उहांले बताउनु भयो ।
त्यस्तै वडा अध्यक्ष राघवेन्द्र साहले अगामि दिनमा३२ वटा टिमको बीचमा खेल गराउने भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभà..

9 महीना पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

1 वर्ष पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 वर्ष पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 वर्ष पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 वर्ष पहिले