नेपाल परिवार नियोजनको घुम्ती शिविर सिरहामा संचालन
5 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, फागुन ४ गते । नेपाल परिवार नियोजन संघ धनुषा ले स्थायी बन्ध्याकरण शिविर यसपाली सिरहा जिल्लामा संचालन गर्दैछ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाले स्थायी बन्ध्याकरण संचालन गरिदिनको लागि अनुरोध गर्दा सिरहामा शिविर संचालन भईरहेको छ ।
नेपाल परिवार नियोजन संघ ले जिल्ला बहिर शिविर संचालन गरेको यो पहिलो अवसर रहेको छ । स्वास्थ्य कार्यालय धनुषाले स्थायी बन्ध्याकरण क्याम्प चलाउनको लागि सहयोग नगरेको हुनाले बाहिर जिल्लामा सेवा दिन गएको छ ।
परिवार नियोजन संघ धनुषाले सिरहामा माघ ८ गतेदेखि घुम्ती शिविर संचालन गर्दै आएको छ । सो शिविरमा फागुन २ गतेसम्म ५ सय ७८ जनाले सेवा लिईसकेको शाखा प्रमुख मुरारी प्रसाद उपाध्यायले जानकारी गराउनु भयो ।
उहाँले माघ ८ गतेदेखि आरम्भ भएको स्थायी बन्ध्याकराण शिविर फागुन १० गतेसम्म चल्नेछ । शिविर सिरहा नगर पालिकाको भलुवाहीबाट आरम्भ भएको थियो । र समापन लहान नगरपालिकाको लहान अस्पतालबाट हुने परिवार नियोजन संघ का कार्यलय प्रमुख उपाध्यायले बताउनु भयो ।
उहाँले जानकारी गराएको रोचक पक्ष के छ भने फागुन २ गतेसम्म संचालन भएको स्थायी बन्ध्याकरण शिविरमा एकजना पनि पुरुष पुगेका छैनन् । बध्याकरण गराउने सबै महिलाहरु नै रहेकी छन ।
परिवार नियोजन संघ ले संचालन गरेको घुम्ती शिविरमा महिला र पुरुष दुबै वर्गले स्थायी बन्ध्याकरण गराउन सकिने व्यवस्था गराएको छ ।
स्थायी बन्ध्याकरण शिविर टोलीको नेतृत्व डा.दिपेन्द्र कुमार गोहिवार ले गरिरहनु भएको छ । उहाँको नेतृत्वमा ५ जना कर्मचारी खटिएका छन ।
सन्तानको रहर पुगेका महिलाहरु घुम्ती शिविरमा स्थायी बन्ध्याकरण गराउदा प्रत्येकलाई ३ सय र शिविरमा लग्नेलाई एक सय रुपियाँको दरले प्रदान गर्दै आएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले