राम लक्ष्मण रा. प्रा. विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,माघ २३ गते । हिमाली ईंगलिस बोर्डिंगका संस्थापक प्रिन्सपल रमेश प्रसाद साह ले आफ्नो आमा जानकी देवी को २० औं पुण्य तिथिक अवसरमा विद्यार्थीलाई स्टेशनरी प्रदान गरेका छन ।
जनकपुरधाम उप महानगरपालिका वडा नं २३ बेलालादो स्थित श्री राम लक्ष्मण रा. प्रा. विद्यालयमा अध्ययनरत एक सय ८० छात्रछात्रालाई स्टेशनरी प्रदान गरिएको छ । जउमनपा २३ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद साह को प्रमुख आतिथ्यमा आयोजित स्टेशनरी वितरण कार्यक्रममा प्रत्येक विद्यार्थीलाई चार चारवटा कापी, डटपेन, स्किपिङ रोप प्रदान गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार श्रीनारायण साह ले गर्नुभएको थियो । त्यस स्टेशनरी वितरण कार्यक्रममा डा. शम्भु प्रसाद साह, युवा नेता केवल कुमार शर्मा, कैलाश साह, गंगाराम महतो, नेतृ सवनम खातुन, मो. मोइदिन, मो.सरफुदिन राइन, मो. सफिकुल्ला राइन, शिक्षिका विमला ठाकुर लगायतले आफ्नो मन्तव्य राख्दै प्रा. रमेश कुमार साह द्वारा गरिएको स्टेशनरी वितरण कार्यक्रमलाई प्रशंसा गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..
4 महीना पहिले
सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।
चाँडै आउँदै छु । प्रतिक्षा गर्नुहोला ।
12 महीना पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 वर्ष पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 वर्ष पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 वर्ष पहिले
