भूकम्प प्रभावितलाई काउन्सिलको ५८ हजारबढी सहयोगः प्रभावित जिल्लाका पत्रकारलाई ६ लाखको अनुदान सहयोग
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ २३ गते । प्रेस काउन्सिल नेपालले जाजरकोट भूकम्पबाट प्रभावित राहत र उद्दारका लागि सहयोग गरेको छ ।
काउन्सिलका अध्यक्ष र कर्मचारीको तर्फबाट तलबकट्टा गरी ५८ हजार ९ सय ८६ रुपैया २७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । काउन्सिलले भूकम्प प्रभावितको उचित उद्दार र व्यवस्थापनका लागि सम्बद्ध सबै क्षेत्रबाट सहयोग गर्न अनुरोध पनि गरेको छ ।
काउन्सिलले भूकम्पप्रभावित क्षेत्रमा क्रियाशील पत्रकारका लागिसमेत सहयोग अनुदान रकम छुट्टाएको छ । काउन्सिल अन्तर्गतको मिडिया विकास कोषबाट वितरण हुनेगरी जाजरकोट र रुकुमका भूकम्पप्रभावित पत्रकार÷सञ्चार माध्यमका लागि अनुदान रकम छुट्याइएको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा सञ्चालित सञ्चार माध्यम र पत्रकारको विवरण सङ्कलन गरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको समन्वयमा ६ लाख बराबरको अनुदान प्रभावकारिता र आवश्यकता हेरि विभिन्न सञ्चार उपकरण, लेखनवृत्ति, इन्टरनेट सुविधा तथा उपचारखर्च अन्तर्गत वितरण गर्न तयारी भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले