एन.आई.सि. ऐसिया बैक को आतन्क
1 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ १६ गते । एन.आई.सि ऐशिया बैकले नेपाल भरीका ऋण लिने त्रृणीहरु माथी समस्या तथा आतन्क सृजना गरेको छ । अस्थिर सरकार र बिकाऊ प्रशाशणिक ब्यबस्थाको सहयोगमा एन.आई.सि. ऐशिया बैकले बैँक पनि साथि पनि नाराका साथ प्रलोभनमा पारि ऋण दिने र धरापमा पारी राम्रो सम्पती खाने पल्केका बैकका रुपमा चिनिऐका बैँकको आतन्कं आज झनझन आक्रमक बन्दै गई रहेको छ ।
मिलिमितोमा दिऐको ऋण सूरक्षण धितो मुल्य कम र ऋण धरै हुनेहरुलाई धितो बाट ऋण वसुल उपर हुने नदेखेर कागजात आफै मिलाई झन सुबिधा थपि टिकाई राख्ने र जस्को राम्रो मुल्याकन हुने देख्यो धरापमा पारी जग्गा खाने दाऊमा लागि हाल्ने बिभिन्न बहानामा बैँकले असुरछित ऋण भनेर आफ्नो नाममा लिऐको सँपति पुनः हतार हतार आर्को ब्यक्तिको नाममा ल्यान हतार किन ? ऋणि आफ्नो पैसा बुझाई महँगो जग्गा फिर्ता लिन्छ कि भन्ने डर होईन र ? , बैँकले कुन नियत राखेर काम गरेको प्रष्ट बुझिन्छ बर्षौ देखि थुपारेका हदबन्दि भन्दा धरै देखिने जग्गा नबेचि ऋणी बाट भरखर मात्र पास गरेको लाई हतार किन ? ऐऊटा ऊधारण यहा भरखर भेटेकोछु ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने कमल कुमार सिंह सेयर भएको श्याम बाबा लजिष्टिक्स प्रा.लि.लाई मेगा बैकमा भएको कारोवारलाई बिचैमा बन्द गर्न लगाई एन.आई.सि. ऐसिया बैकले थप ऋण सुविधा मिलाई दिने प्रलोभन देखाई आफनो बैकमा पाँच करोड ऋण सुविधा र एल.सि, टि.आर. ईत्यादी सुविधा थप गरि दिन्छु भनेर सुरुवाती कर्जा रु तीन करोड एक्कानन्नवे लाख मिलाई पछि थप सुविधा मिलाउने मौखिक प्रतिवधताका साथ शुरु भएको कारोवार करोना महामारि पछि व्यवसायीहरु बिग्रीदो आर्थिक अवस्थामा झन सुविधा थप्ने ठाउमा झनझन समस्या बढाई व्यवसायीहरुलाई धरापमा पर्ने काम एन.आई.सि ऐशिया बैङकले गरेका पिडीतले बताउनु भएको छ ।
जनकपुरधाम उपमहागनरपालिका वडा नं. ८ पिडारी चौक मेनरोड संग जोडिएको करिव ८० लाख धुरको पर्ने जग्गा कित्ता नं. ७, ९३, ९४, १२ को करिव २३ धुर जग्गा र ढल्केवर स्थित मिथिला नगरपालिका वडा नंं ७ को कित्ता नं. ६४१ र ६४२ २०७१ साल तिर ५८ लाख मा खरिद गरेको ८–९ कठा जग्गालाई बैङकले पठाएको मुल्याङकन प्रतिलिपि श्री बालाजी ईन्जिनियरिङ कन्सलटेन्सि जनकपुरधाम–४ ले ५,६२३६००० मुल्यांकन गरेको जग्गा एन.आई.सि. ऐसिया बैकले खाने दाउमा बैक माथि उच्च अदालत पाटनमा रिट नं ०८०–डवलुओ–०४४० विचाराधिन अवस्थामा रहदा रहदै माथि उल्लेखित सवै जग्गाको आफैले गरेको मुल्यांकन ५६२३६०००।– बाट घटाई ३६६०००००। कायम गरी मालपोतको मिलोमतोमा वैककै नाममा दा.खा. गराए नामसारी गरेको र वैकले नामसारी गरेको जानकारी पिडितले नपाई दुई चार दिनमै भित्रभित्रै बैङकले अर्को व्यतिको नाममा सार्ने चलखेल सुर गरेको पिडीतले बताउनुभएको छ ।
विपक्षीहरुले जानकारी प्राप्त गरेकै ५–७ दिन सम्म मालपोत बाट कागजात समेत उपलव्ध नगराएको र कागजात उपलव्ध भए पछि जिल्ला अदालत काठमाडौंमा मुद्दा नं. २०८० सिपी ८८६१ मिति २०८१ जेष्ठ २ गते निर्णय एवं धितो सकार दर्ता बदर मुद्दा गरेको जानकारी एन.आई.सि. ऐसिया बैक तथा मालपोत कार्यालय जनकपुर समेतलाई गराउँदा पनि हतार हतार आफनो व्यक्तिको नाममा नामसारी गराउने प्रयास भैरहेको पिडितले बताउनु भएको छ ।
कति दिन यसरी एन.आई.सि. ऐसिया बैक को ज्यादती नेपाली जनताहरुले भोग्नु पर्ने हो । एन.आई.सि. ऐसिया बैक को यति धेरै काण्डहरु हुदा पनि नेपाल राष्ट बैक, न्यायपालिका र मालपोत कार्यालयले एन.आई.सि. ऐसिया बैकलाई नै सहयोग गरि रहेको देखिन्छ ।
हामीहरु अदालतमा चलिरहेको मुद्दा सम्बधि कागजात बैँक तथा जनकपुर मालपोत लगायतमा दर्ता गराउन जादा खेरी दार्ता गर्दिनौ भनुभएको र मान्नु भऐन त्यसपछि हामी हुलाकबाट सबै कागजातहरु सम्बन्घित ठाउहरुमा पठाएको बताउनु भएको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले