+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

नागरिकता सहज रुपमै जारी भएको छ ः प्रजिअ पौडेल

6 महीना पहिले प्रकाशित

 

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापबाट सहज रुपमा नागरिकता प्रमाण पत्र नपाएको गुनासो आएपनि बास्तविकता त्यस्तो नभएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले वताएका छन् ।
           शुक्रबार जिल्ला प्रशासन कार्यालयद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले केहि अपवाद बाहेक कार्यालयले सहज रुपमा नागरिकता प्रमाण पत्र जारी गर्दै आएकोे वताए । उनले आफ्नो विवरणहरु गलत लेखाई आएको शंका लागेमा प्रहरी सर्जमिन लगाएतबाट वुझेर पनि नागरिकता जारी गरीएको वताए । ‘सर्वसाधारण नागरिकहरुले पेश गरेका विवरणका आधारमा निर्णय गर्नुपर्ने अवस्था भएमा र म अन्य कार्यक्रममा रहेका बेला परेमा त्याहाँ उठेर कार्यालयमा पुगी निर्णय गरेर नागरिकता दिएका छौं ’ पौडेलले भने – नागरिकलाई दुख दिने मनसाय कार्यालयको छैन् ।
         नागरिकताका कतिपय सवालहरु जटिल र संवेदनसिल हुने भन्दै उनले सामान्य भन्दा बाहेकको अवस्थामा नागरिकता जारी गर्नुपर्दा माथिल्लो निकायमा समन्वय समेत हुदै आएको वताए । नाम, थर, उमेर सच्चाएर कतिपयले प्रतिलिपी लिन आउने गरेको तर कार्याालयको लगतमा फरक देखिदा केहि असजिलो भएको पनि प्रजिअ पौडेलले वताए ।
         नागरिकता प्रमाण पत्र जारी गर्नका लागि जनप्रतिनिधिकै सिफारीस आवश्यक हुने भन्दै उक्त सिफारीस नमानेको नभई सिफारीसकर्तालाई समेत सहज होस भनेर केहिमा थप वुझ्न मात्र खोजेको पौडेलले वताए । यसको अर्थ जनप्रतिनिधिको सिफारीस नमानेको भन्ने हैन , उनले वताए ।
केहीदिन अघी मन्थली नगरपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा सहभागि भएका केहि बक्ताहरुले जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन झण्झटिलो हुदै आएको गुनासो गरेका थिए ।
         जिल्लाका अधिकांश सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिले आ आफ्ना कार्यक्रम तथा योजनाबाट बारेमा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्तुतिकरण गरेका थिए । प्रश्तुतिकरण पछि कार्यक्रममा सहभागि भएका संचारकर्मीहरुले विभिन्न सवालहरु राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

7 दिन पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

4 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

4 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

4 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

4 महीना पहिले