१०० दिने अभियान लिएर काँग्रेस गाउँगाउँमा
5 महीना पहिले प्रकाशित

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेताहरु १०० दिने अभियान लिएर गाउँगाउँमा पुगेका छन् । पार्टीको चौधौं महाधिवेशन पछि वडा र टोल स्तरमा काँग्रेसका नेताहरु पुगेको यो पहिलो पटक हो ।
पार्टी संगठन सुदृढिकरण गर्ने अभिप्राय राखेर केन्द्रीय कार्यालयले देशैभरी १०० दिने अभियान संचालन गर्ने निर्णय लिएको थियो । केन्द्रको निर्देशन पछि रामेछाप काँग्रेस गएको साता देखि गाउँ गाउँमा पुगेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य मदन अमात्य र रामेछापका सभापति तथा उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) समेतको उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका, ६ गाउंपालिका र ६४ वटा वडामा अभियान लिएर जानका लागि प्रतिनिधि तोकेको थियो ।
नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति लेखवहादुर कार्कीका अनुसार अभियानमा खटाइएका नेताहरु स्थानीय स्तरमा रहेका पार्टी समितिका पदाधिकारी संगको समन्वयमा गाउँ जाने क्रम जारी रहेको छ । कतिपय नेताहरु गाउँमा कार्यक्रम सकेर फर्किसकेका छन् ।
अभियान अन्तरगत पार्टीको पालिका स्तरको समिति संग बैठक तथा छलफल, वडा तहमा रहेका समितिहरुमा बैठक तथा अन्तरक्रिया संचालन गरिएका छन् ।
अभियानका क्रममा दोरम्बा शैलुङ गाउँपालिका पुगेका पार्टी जिल्ला सल्लाहकार कृष्णवहादुर महतका अनुसार अभियानका क्रममा संगठनको हालको अवस्था, कृयाशिल सदस्यता अद्यावधिक, नयाँ क्रियासिल सदस्यको लागि मागको अवस्था, पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेका विकास निर्माण कार्यको बारेमा अन्तरक्रिया, अन्य पार्टीका कार्यकर्ताहरुबाट काँग्रेस भएकै कारण बेहोर्नु परेका कठिनाईहरु, पार्टी संचालनका लागि स्थानीय स्तरमा गर्नुपर्ने कामहरु लगाएतका विषयमा अन्तरक्रिया हुने गरेका छन् ।
१०० दिने अभियानको सिलसिलामा पार्टी नेता तथा महासमिति सदस्य ध्रुवहरी ढुंगेल सुकाजोर, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की चनखु, पार्टी नेता युवराज भट्टराई हिमगंगा, नारायणवहादुर खड्का खाँडादेवि र झनवहादुर श्रेष्ठले मन्थलीमा कार्यक्रम राखेर पार्टीका स्थानीय स्तरमा आईपरेका समस्या र संगठन विस्तारका लागि गर्नुपर्ने कार्यका सवालमा अन्तरक्रिया गरीसकेको जानकारी दिइएको छ ।
अहिले जिल्लाका विभिन्न स्थानमा खटाइएका नेताहरु गाउँ गाउँमा रहेको र उहाँ हरु फर्केपछि प्रतिवेदनहरु संकलन हुने नेपाली काँग्रेस रामेछापले जनाएको छ । अभियान फागुनको पहिलो साता सम्पन्न गर्ने समेत पार्टीले जनाएको छ ।
गएको निर्वाचनमा नेपाली काँग्रेसले रामेछापबाट प्रतिनिधिसभा सदस्य, जिल्ला समन्वय समितिको प्रमुख, रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकाका प्रमुख उप प्रमुख, लिखु तामाकोशी गाउँपालिकाको प्रमुख, उमाकुण्ड र दोरम्बा शैलुङ गाउँपालिकाको उप प्रमुख सहित २४ वडा अध्यक्ष पदमा विजयी गरेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले