पत्रकार साहलाई प्रेस संगठनले पत्रकार महासंघको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय
5 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज,
वीरगंज फाल्गुन २५ गते । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साको बैठक आज सम्पन्न भएको छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चैतमा हुने पत्रकार महासंघको निर्वाचनको लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नको लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानको संयोजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेको छ ।
जुन समितिको सदस्यहरुमा अध्यक्ष पदको उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयोजक निरज पिठाकोटे मगर रहेको छन् ।
नेपाल पोष्ट डेलीको कार्यालयमा बसेको बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमोद यादव लगायतको सहभागिता रहेको थियो ।
उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयोजक हुन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले